डेंगी नियन्त्रणका लागि प्रभावकारी एउटै उपाय हो लामखुट्टेको लार्भा खोज र नष्ट गर। तर सरकारले त्यहि अभियान पनि प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा डेंगी संक्रमणले प्रकोपको रुप लिएको छ।  

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार असोज १४ गतेसम्म डेंगीबाट ३८ जनाको मृत्यु भइसकेको छ भने संक्रमित संख्या २८ हजार १ सय ९ जना नाघिसकेको छ। अहिले घरघरमा डेंगुका बिरामी छन्। उपत्यका सहितअन्य जिल्लामा डेंगी संक्रमणतिव्र रुपमा फैलिरहेको छ। तर नियन्त्रणका लागि संघीय सरकार देखि स्थानीय सरकारले समेत उचित कदम भने चाल्न सकेको छैनन्।  

शुक्रराजट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिर्सच युनिटका प्रमुख डा शेरबहादुर पुन डेंगीबाट मृत्यु हुनुमा बिरामी स्वयमले ध्याननदिनु प्रमुखकारण रहेको बताउँछन्।  

उनीभन्छन्,‘डेंगीको मुख्य जटिलतामा एउटा रक्त श्रावहो। त्यसलाई हामी डेंगीह्यामरेज फिभर भन्छौं। त्यसमा पनि दुई खालको हुन्छ। रक्तश्राव धेरै र थोरै हुने। यदि रक्तश्राव धेरै भयो भने डेंगी संक्रमितको मृत्यु हुन सक्छ। त्यसबाहेक पेटमा पानी जम्ने,कलेजेको कामगर्ने क्षमतामा अवरोध आउने,किड्नीमा समस्या देखिने यीकारणहरुले पनि डेंगीका बिरामीहरुको मृत्यु भइरहेको छ।’

मृत्यु हुनुमा अर्को कारण डेंगी संक्रमितको संख्या बढ्दै जाँदा मृत्यु हुने संख्या पनि बढ्दै जानु रहेको डा पुन बताउँछन्। त्यसबाहेक डेंगी संक्रमितहरुले आफ्नो ध्यान नराख्दा मृत्यु हुने उनको भनाइ छ।  

‘डेंगी लागेका बिरामीहरुले आफ्नो अवस्थाको बारेमा त्यति ध्यान दिएको पाइदैन्। ज्वरो आएको २,३दिनमै अली सन्चो भयो भने हामीबाहिर हिड्ने गर्दर्छौ। तर ज्वरो घटेको ४१ देखि ४८ घण्टा भित्र झन जटिलता देखिन सक्छ। त्यसलाई हामीले क्रिटिकल फेज भन्ने गरेकाछौं। त्यो समयमा कसैलाई जटिलता देखिएर अस्पतालजानुपर्ने हुन्छभने कसैलाई त्यस्तो केहि समस्या नै देखिदैन्। त्यसपछि चै डेंगीको समस्याकमहुन्छ’ उनले भने।

डेंगीको समस्या कम भएको एक महिना सम्म पनि शरीर थकित हुने,कमजोरी हुने र कामप्रति एकाग्र हुन नसक्ने पोस्ट डेंगीको समस्या भने देखिरहने उनी बताउँछन्। ज्वरो कम भएपनि डेंगीको जटिलताभने बाँकी रहने हुँदा केहि समय ध्यान दिन पुनको सुझाव छ।

धेरै जतिव्यक्तिहरुले डेंगीको उपचारलाई सामान्य रुपमा लिएर अस्पताल समयमै नआउदा डेंगीबाट मृत्यु भएको उनी बताउँछन्।सरकारले समयमै डेंगी नियन्त्रणका लागि ठोस योजना नबनाउँदा डेंगीको प्रकोप फैलिएको पुनको भनाइ छ। 

पुन भन्छन्,‘जब लामखुट्टे र लार्भाहरु धेरै देखिने बेलामा सरकारले काम गर्नु पदथ्र्यो। तर अहिले फैलिसकेको अवस्थामा नियन्त्रण गर्न गाह्रो छ। अहिले त लामखुट्टे घर भित्रै पसिसक्यो हामीभने बाहिर लामखुट्टे मारेर बसिरहेका छौं। अब फेरी घर भित्र लामखुट्टे मार्न जाने भन्ने कुरा पनि भएन्। त्यसैले भर्खर देखिने बेलामानै सरकारले राम्रा सँग खोज र मार अभियान सञ्चालन गर्न सकेन।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा बाबुराम मरासिनी लामखुट्टेको लार्भा खोज र मार अभियान नै सरकारले राम्रोसँग सञ्चालनगर्न नसक्दा डेंगीको प्रकोप फैलिएको बताउँछन्। मरासिनी भन्छन्,‘डेंगीको पहिलो केस वैशाखमै देखिएको थियो त्यो बेला देखि नै सरकारले ठोस निर्णय गर्नुपर्दथ्यो। त्यो बेला सरकार चुपलागेर बस्यो। सरुवा रोगमा रोग देखिएको एक हप्ताभित्रै नियन्त्रणको रणनीतिलागू गरियो भने त्यो नियन्त्रणहुन्छ,सस्तो हुन्छ,धनजनको ठूलो क्षतिहुदैन तर लामो समय दिइयो भने प्रकोपको रुपमा फैलिन्छ।’

सरकारले डेंगीलाई सिजनको रोग भनी हेलचेक्राइगर्दा डेंगीको प्रकोप फैलिएको उनको भनाइ छ। २०१९ मापनि नेपालमा डेंगीको ठूलो प्रकोप फैलिसकेकोले  त्यहिबेला नै सरकारले नीतिगत योजना बनाउनुपर्ने उनी बताउँछन्। ‘सरकारले सिर्जनको रोग भनी डेंगीलाई हेलचेक्राइ गर्यो। लार्भा खोज र मार अभियानलाई नीप्रभावकारी रुपमा सञ्चालन गर्न सकेन। सरकारसँग अहिले किटजन्य रोग हेर्ने छुट्टै जनशक्ति पनि छैन्। अन्य जनशक्तिले कीट रोग सम्बन्धी काम गर्न सक्दैनन्। त्यसैले सरकारले प्रभावकारी काम गर्न सकेन्।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयले २०१७ को समायोजन माकिटजन्य रोग हेर्ने जनशक्तिलाई पालिका स्तरमा जनस्वास्थ्य कार्यकर्ता बनाएर पठाउँदा किटजन्य रोग छायामा परेको मरासिनी बताउँछन्।  

किटजन्य रोग हेर्ने इन्टोमोलोजिस्टले डेंगु जस्ताकीटजन्य रोग नियन्त्रण प्रकोप फैलिएको ठाउँमा औषधि छर्ने, संक्रमितको तथ्यांक संकलन गर्ने तथा अध्ययन, अनुसन्धान गरी नियन्त्रण गर्ने जस्ता काम गर्ने हुँदा डेंगील गायत अन्यकिटजन्य रोग नियन्त्रणमा सहयोग पुग्दथ्र्यो, उनले भने २०१७ अगाडिको डेंगी संक्रमणको तथ्यांकलाई हामी हेर्न सक्छौं। कीटजन्य रोग हेर्ने जन शक्तिहुँदा डेंगी संक्रमणअहिलेको जस्तो फैलिएको थिएन्।  

साउनयतामात्र ७५ जिल्लामा डेंगी संक्रमण फैलिएको छ भने काठमाडौं उपत्यकामा डेंगी संक्रमितको संख्या धेरै छ। उपत्यका भित्र काठमाडौंमा डेंगी संक्रमितको संख्या ९ हजार ५ सय २६ रहेको छ भने ललितपुरमा ६ हजार ५ सय ४८ रहेको छ। त्यस्तै भक्तरपुरमा १ हजार १ सय १० रहेको छ।

उपत्यकाबाहिर मकवानपुर जिल्लामा डेंगी संक्रमितको संख्या धेरै छ। मकवानपुरमा डेंगी संक्रमितको संख्या २ हजार ७ सय ६६ रहेको छ। त्यस्तै दाङमा १ हजार ४ सय ७३,चितवनमा७ सय ४३ र रुपन्देहीमा७ सय ४३ डेंगी संक्रमित संख्या रहेको छ।

साभार नागिरक न्यूूज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here