जनताको सार्वभौमसत्ताको कुरा गर्ने हो भने संसद मुख्य थलो हो तर संसद पछिल्लो समय बन्धक छ । गएको वर्ष संसद पुर्नस्थापना भएपछि संसदले खासै काम पाएको छैन । हुनत् यो बीचमा एमालेको बिरोधमा बावजुद पनि केही विधयकहरु त पास भएका छन् । एमसिसी लगायतका विधयकमाथि छलफल भएर पास भएका छन् तर संसद एक किमिसले अवरुद्ध नै छ ।
गएको भदौबाट नै एमालेका सांसदहरुले लगातार संसद बैठक अवरुद्ध बनाउदै आएका छन् । उनीहरुले राखेको माग न्यायचित होला वा नहोला तर यसरी संसद अवरोध हुनु वा बन्धक भइ रहनु आफैमा लोकतन्त्रको उपहास हो । यसले संसदीय प्रणालीलाई नै कमजोर बनाएको छ । यो संसदीय प्रणालीको हितमा पनि छैन ।
त्यसैले पनि संसद खालेर भएपनि देखिएको समस्या संसदबाट नै समाधानको प्रयास गर्नु पर्दछ । किनभने सबै समस्याको समाधान खोज्ने ठाउँ भनेकै सदन हो । यो अर्थमा पनि संसद लामो समय अवरुद्ध हुनुहुन्न । यसका बिषयमा बरु छलफल र परामर्श आवश्यक छ तर संसद अवरोध निरन्तर गर्नु आफैमा घातक कुरा हो ।