नरेश गुप्ता
बरियारपुर,नेपाल कम्युनिष्ट पार्टी एमालेको बारा जिल्ला ईन्चार्ज बलवीर चौधरीले युवाहरु देशको मेरुदण्ड भएको बताउनुभएको छ ।
कलैया उपमहानगरपालिको नगर स्तरीय युवा भेला एंव अधिवेशनको बुधबार कलैयामा उद्घाटन गर्दै जिल्ला ईन्चार्ज चौधरीले यस्तो बताउनुभएको हो ।
युवाहरुबाट नै राष्ट्रमा अनेकौं परिवर्तन आएको स्मरण गर्दै युवाहरूलाई स्वदेशमा रोजगारीको व्यवस्था गर्र्नुे उहाँले जोड दिनु भयो ।
राष्ट्रिय युवा संघ नेपाल कलैया उपमहानगरपालिका अध्यक्ष पप्पु साहको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला सहईन्चार्ज महमद समीर, नेकपा एमाले प्रदेश सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिव सिता सुवेदी, पार्टी प्रदेश सदस्य महमद समिउल्लाह राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिव तथा पार्टी प्रदेश सदस्य मोविन आलम, राष्ट्रिय युवा संघ नेपाल जिल्ला अध्यक्ष पुरुषोत्तम साह, जितेन्द्र साह, हारून अंसारीलगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा कलैया उपमहानगरपालिका नगर कमिटीमा मनोनित युवाहरुलाई सपथग्रहणसमेत गराइएको थियो । कार्यक्रमको संचालन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सद्स्य रुस्तम अंसारीले गर्नुभएको थियो ।