नरेश गुप्ता

बरियारपुर,बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ स्थित अमरपुरबाट सशस्त्र प्रहरी बाहिनीको स्क्वाड टोलीले ३ लाख १ हजार नक्कली नेपाली रुपैयासहित एकजनालाई बिहीवार पक्राउ गरेको छ ।

सिमा क्षेत्रको ईलाका भएर नेपालको गण्डक नहरतर्फ आउदै गरेको ना ७८ प २३९७ नम्बरको मोटरसाइकललाई बिशेष सूचनाको आधारमा चेकजाँच गर्दा नक्कली रुपैयासहित जिल्ला धनुषा छिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ दिगम्बरपुर बस्ने वर्ष १९ का बिरेन्द्र महतोलाई पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरीको स्क्वाड र सशस्त्र प्रहरी बल गोलागंजको टोलीले संयुक्त रुपमा चालाएको अपरेशनबाट महतोलाई नियन्त्रणमा लिइएको थियो । पक्राउ परेका महतोको साथबाट १ हजारको ३ सय १ थान नक्कली नेपाली रुपैया तथा १ हजार ५ सय २५ रुपैया सक्कली नेटासमेत बरामद गरिएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल १२ नम्बर गणका गणपती राजन थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका महतोलाई मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यलय बारामा बुझाइएको छ ।

फोटो पनि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here