वीरगञ्ज । नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक (एमडी) शाहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई थप ५ दिन थुनामा राख्न अनुमति दिइएको छ । जिल्ला अदालत पर्साले नेशनल मेडिकल कलेजका एमडी अन्सारी र ल्याब प्रमुख साहलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको हो ।वीरगञ्जस्थित नेशनल मेडिकल कलेजबाट सोमबार पक्राउ परेका दुबै जनामाथि जिल्ला अदालत पर्साले अनुसन्धान गर्न दोस्रो पटक आज ५ दिनको म्याद थप गरेको हो ।अस्पतालको ल्याबबाट म्याद नाघेका केमिकलसहित पक्राउ परेका एमडीसहित २ जनामाथि अनुसन्धान गर्न मंगलबार २ दिनको म्याद थप गरेको थियो ।
उपभोक्ता हित संरक्षण मञ्चले दिएको जाहेरीको आधारमा प्रहरीले उनीहरुविरुद्ध कालोबजारी तथा सामाजिक अपराधमा म्याद थप गरेको हो ।उपभोक्ता हित संरक्षण मञ्चका सुनिल श्रेष्ठले दिएको जाहेरीमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशकले उपभोक्तालाई कालोबजारी गरेको भन्दै उनीसहित ल्याब प्राविधिक संजय साहविरुद्ध जाहेरी दिएका थिए ।

















