राजन कुमार बानिया

पोखरिया,पर्साको ग्रामीण भेगमा मङ्गलवार राती सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वाका २४ वर्षीय सेठ महतो केवट रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी भिस्वाका प्रहरी वरिष्ठ नायब निरीक्षक रुद्र भट्टका अनुसार मङ्गलवार राती आफ्नै घरमा सुतिरहेका बेला करिब एक बजे तिर महतोलाई सर्पले टोकेको थियो ।सर्पले टोकेको केही समयमै उनको मृत्यु भएको प्रहरी वरिष्ठ नायब निरीक्षक भट्टले जानकारी दिनुभयो । गर्मी बढेसँगै जिल्लाको ग्रामीण भेगमा सर्पदंशका घटना वृद्धि भएका छन ।

Leave a Reply