वीरगंज,१० भदौ । नेपाल पत्रकार महासंघ पर्सा शाखाले आज नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर शुभकामना समारोहको आयोजना गरेको छ ।

उक्त शुभकामना समारोहका प्रमुख अतिथी पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले सबै महिला पत्रकारहरुले विभिन्न पर्वको नाममा सृजना हुने विकृति र विसंगतिको विरुद्ध कलम चलाउनु पर्ने धारणा राख्नु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, प्रदेश महासचिव श्याम बन्जारा, जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक श्री बुढाथोकी, पत्रकार महासंघका केन्द्रिय पार्षद महेशचन्द्र गौत्तम, पत्रकार महासंघकी सदस्य कविता खड्का, निलिमा पौडेल, माधुरी महतो लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो । महासंघका अध्यक्ष अनुप तिवारीको सभापतित्वमा भएको कार्यक्रमा स्वागत मन्तव्य कोषाध्यक्ष संजीव मिश्राले र सञ्चालन सदस्य तिवारी यादवले गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी महिला पत्रकारहरुलाई महासंघ शाखाले तिजमा पहिरहनको निम्ती साडी समेत उपहारको रुपमा प्रदान गरेको थियो ।

Leave a Reply