काठमाण्डौ – रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा आउँदो कात्तिक १७ गते उपचुनाव हुने भएको छ ।
सोमवार बसेको बैठकले रिक्त प्रतिनिधिसभा सदस्य पदमा कात्तिक १७ गते उपचुनाव गर्ने निर्णय गरेको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो ।
२०७९ साल मङ्सिर ४ गते भएको चुनावमा रुपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि पद रिक्त रहेको छ । बोहोराको गएको चैत १९ गते निधन भएको थियो । बोहराको निधन भएसँगै रिक्त निर्वाचन क्षेत्रमा उपचुनाव हुन लागेको हो ।योसँगै रुपन्देही–३ मा मतदाता नामावली दर्ता कार्य स्थगित भएको छ ।


















