कृपा स‌‌‌‌‌‌‌‌‌‌म्वाददाता

सिमरा , २५ कार्तिक । लिपुलेख कालापानीलगायत नेपाली भू–भागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा युवा सघर्स समिति जितपुरले  विरोध ¥याली गरेको छ ।  युवा सघर्स समिति  बारा जिल्ला जितपुर समितिकाे   आयोजनामा आज गरिएको विरोध प्रदर्शनमा ‘हाम्रो सीमा हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्ने नारासहित नेपालको एक चिम्टी भू–भाग कसैले मिच्न नपाउने जस्ता नारा लगाइएको थियो ।

 

 

एक सय ५० भन्दा बढी युवासहभागि जितपुरकाे तरकारी बजारबाट   शुरु गरिएको विरोध ¥याली टेडराेड  चोकलाई परिक्रमा गरी जितपुरकाे मेनराेडमा आएर कोणसभामा परिणत भएको थियो । सभामा बोल्दै नारी शक्ति बिकास  मच्चकि अध्यक्ष  महिल नेत्री आशा दाहलले  भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भूमि अतिक्रमण भएकाले तत्काल उक्त नक्सा सच्चाउनुपर्ने माग राखे ।

 

 

सरकारले कूटनीतिकरूपमा समस्याको समाधान गर्नुपर्ने नेत्री  दाहलले बताए । युवा सघर्स समिति जितपुरका सयाेजक मनाेज कुमार सहकाे अगुवाइमा भएको थियोे । रयालीमा महिल नेत्री गाग कप्ले, शितल अचर्य , सीता उप्रेती , दुर्ग रिजाल , श्रीमती  देबी सफाकाेट, ईर्सद खाना, गाग पटेल , बन्धन चाैधरी, छैटेलाल चाैधरी, रबिन्दर सहनी, यश यश पटेल ,लगायतका सहभागी रहेकाे थियोे ।

Leave a Reply