सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका पथलैयामा राष्ट्रियस्तरको साइकिलिङ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आयोजनाको लागि उपमहानगरपालिका वडा नम्बर १ कार्यालयले चालु आर्थिक वर्ष २०७८÷०७९ मा एकलाख पचास हजार रुपैया विनियोजन गरिएको वडा अध्यक्ष हिराबहादुर गुरुङ्गले बताउनुभएको छ ।
बारा राइडर्स संघको प्रथम साधारणसभाको उद्घाटन कार्यक्रमलार्ई सम्बोधन गर्दै कार्यत्रमका प्रमुख अतिथि एवं वडा नं १ का वडाध्यक्ष गुरुङ्ले राष्ट्रियस्तरको प्रतियोगिताका लागि उक्त रकम वडा कार्यालयले छुट्याएको बताउनुभएको हो । वडा नम्बर १ कार्यालयले आफ्नो वार्षिक योजनामा सिमरा रङगशालामा व्यायामशाला निर्माणका लागि करिव ८ लाख लाग्ने हुँदा उक्त रकमसमेत समावेश गरेको वडाध्यक्ष गुरुङ्ले जानकारी दिनुभयो ।
यसैबीच कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष एवं कार्यक्रमका विशिष्ट अतिथि जगन्नाथ घिमिरेले बारा राइडर्स संघलाई ५ हजार १ सय ५१ रुपैया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा राइडर्स संघलाई सङ्गालो साकोसका तर्फबाट लक्ष्मण अधिकारीले दुईवटा झोला प्रदान गर्नुभयो ।
बारा राइडर्स संघ तदर्थ समितिका अध्यक्ष शेषराज अधिकारीको अध्यक्षतामा भएको उद्घाटन सत्रको कार्यत्रममा होटल तथा पर्यटन व्यवसायी मोहन लामिछाने समाजसेवी एंव नेकपा माओवादी केन्द्रका राजन पौडेल, नवजनजागृति युवा क्लवका अध्यक्ष एवं जनप्रतिनिधि रामचन्द्र लामा, खेलप्रेमीहरू शम्भुिंसंह ठकुरी, सानु पटेल, यमनाथ ओझा, निराजन थापा, राजकुमार भट्टराई, रामेश्वर बास्कोटा, कृष्ण आचार्य, सन्तोष कार्की, धनन्जय थोकर, राजेन्द्र गिरी, अरुण चौधरी, प्रदिप घिसिङ, युवराज न्यौपाने, सुभाष न्यौपाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन राइडर्स शालिकराम अधिकाकरीले गर्नुभएको थियो ।
संघको प्रथम साधारणसभाबाट शेषराज अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा यमनाथ ओझा, महासचिवमा निराजन थापा, सचिव शालिकराम अधिकारी, कोषाध्यक्ष रामेश्वर बास्कोटा, सदस्यहरूमा कृष्ण आचार्य, किशोर श्रेष्ठ, सुदीप रिमाल, राजदाश श्रेष्ठ, प्रदीप घिसिङ, लक्ष्मी रिमाल रहेका छन् । निर्वाचन समितिमा विदुर खड्का, श्याम सुवेदी र लक्ष्मण अधिकारी रहनुभएको थियो ।