निजगढ,रौतहटको कटहरिया नगरपालिकास्थित अस्थायी प्रहरी पोष्ट छेदी चौकबाट खटिएको प्रहरी गस्ती टोलीले निजगढका श्रीमान÷श्रीमतीलाई गाँजासहित पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा प्रहरीले कटहरिया नगरपालिका वडा नम्बर २ छेदी चौकमा शंकास्पद रुपमा जंगलसहियाबाट कटहरियातर्फ आउदै गरेको प्र.२–०३–००१ ह ३१५ नम्बरको अटोलाई चेकजाँच गर्दा चालक बसेको सिटमुनि रातो झोलामा लुकाई राखेको १० किलो ५ सय ग्राम गाँजासहित अटो चालक बाराको निजगढ नगरपालिका वडा नम्बर १ बजार टोलका वर्ष ४२ को अनन्त बराइली र निजको श्रीमती वर्ष ३५ की मन्जु बराइलीलाई पक्राउ गरेको छ ।गाँजा, अटो र सोही अटोमा सवार मानिसहरुलाई नियन्त्रणमा लिई कारबाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा रौतहटमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
















