नरेश गुप्ता

बरियारपुर,नेपाल परिवार दल बाराको सहकार्यमा बाराको देवताल गाउँपालिका पिप्राढीमा राहत वितरण तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरिएको छ । परिवार दल बाराका अध्यक्ष रामचन्द्र चौधरीको प्रमुख अतिथ्यतामा स्थानीय गरिब तथा असहाय परिवारलाई चुजी संस्थाको आर्थिक सहयोगमा राहत स्वरुप खाद्यान्न वितरण र सेवानिवृत्त शिक्षकहरुको सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष चौधरीले जिल्लाका १६ वटै स्थानीय तहमा १ सय १५ बोरा चामल वितरण गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । नेपाल परिवार दल केन्द्रीय कार्यालयको पहलमा चीनिया संस्था चुजिमार्फत मधेसका जिल्लामा रहेका गरिब तथा असहाय परिवारलाई राहत वितरण गर्न लागिएको उहाँले बताउनुभयो ।

सो अवसरमा ज्येष्ठ नागरिक तथा शैक्षिक सेवाबाट अवकाश प्राप्त शिक्षकलाई सम्मानित पनि गरिएको थियो । कार्यक्रममा नेपाल परिवार दल देवताल गाउँपालिका संयोजक कनक चौधरी, जिल्ला सहसचिव गान्धी सहनीलगायत स्थानीय समाजसेवी र संचारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply