प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सोमबार देशभर प्रदर्शन गर्यो । सरकार बिरुद्धको पहिलो सडक आन्दोलन भन्दै उसले देशभर शक्ति समेत देखायो । नेपाली काँग्रेस यो देशको सबैभन्दा पुरानो पार्टी हो । धेरै बर्षसम्म सत्तामा रहेर हालीमुहाली गरेको पार्टी पनि हो अहिले ऊ सरकारमा छैन र प्रतिपक्ष भएका नाताले सरकारका केही कदमको बिरोध गर्नु स्वभाविक पनि हो ।
तर,नेपाली काँग्रेसले कम्यूनिष्ट वा बर्तमान सरकारका बिरुद्ध औंला उठाइरदा उसले बिगतमा के राम्रो काम गरेको छ भनेर समीक्षा पनि हुनु पर्दछ । यो देश काँग्रेसका कारण कयौं गुना पछाडी परेकै हो । नेपाली काँग्रेसकै कारण देशमा ठूलो युद्ध भयो भलै युद्धको ब्यवस्थापन उसकैको नेतृत्वमा भयो होला तर यसले ठूलो क्षति देशलाई गरेको छ ।
मुलुकमा भ्रष्टचार र अपराधमा काँग्रेसले जति कम्यूनिष्टहरुले गर्न भ्याएका छैनन् बरु पछ्याउदै चैं पक्कै छन् । यहाँ कम्यूनिष्टको सरकारको सबै ठीक भन्न खोजिएको होइन तर कानुनले बर्जित गरेको काम गर्न नपाएकोमा प्रशासनले नगर भनेको काम गर्न नपाएको झोंक सडकमा देखाउनु काँग्रेसको मुर्खता मात्रै हो यही आधारमा काँग्रेसलाई सहानुभूति प्रदान गर्ने कुरा संभव नै छैन तर नेकपा र यो सरकार पनि सुध्रन आवश्यक छ ।