कृष्ण मोहन साह

चीसो बड्दै गइरहेको बेला ईलाका प्रहरी कार्यालय सेढवा, पर्साले जिल्लाको जिराभवानी गाउँपालिकाका विभिन्न वडाका विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । प्रहरीले जिल्ला विपद् व्यवस्थापन समिति पर्साले उपलब्ध गराएको कपडा, जुत्ता, टिसर्ट, गन्जी, ज्याकेट र मास्क जस्ता सामग्री वितरण गरेको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिले उपलब्ध गराएको ५५ सेट न्यानो कपडा गाउँपालिकाका ५ वटै वडाका लाभग्राहीलाई कार्यालयमा भेला गरेर वितरण गरिएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायव निरीक्षक तिर्थबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार ५ वटै वडाका गरिव, जेष्ठ नागरिक तथा दलित समुदायका अति विपन्न व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

कपडा वितरण कार्यक्रममा जिराभवानी गाउँपालिकाकी उपप्रमुख उषा देवी थरुनी, वडाका जनप्रतिनिधि, सन्चारकर्मी र स्थानीय समाजसेवी र बुद्धिजिवीहरुको पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here