निजगढ,निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष सुदर्शनप्रसाद कोइराला तथा उहाँको परिवारले स्वर्गीय आमा सीता (प्रेम कुमारी) कोइरालाको सम्झनामा मानव कल्याण समाज निजगढलाई शनिवार नगदसहित खाद्यान्न, लत्ताकपडा र फलफूल सहयोग गरेको छ ।आमाको सम्झनामा छोरा सुदर्शनसहित ईश्वरी र सागर कोइरालाले मानव कल्याण समाजको निजगढ ४ स्थित आश्रम घरमा पुगेर नगद ८ हजार ६ सय ५० रुपैयासहति १० किलो स्याउ, ५ केजी अङ्गुर, पिठो, चामल र लत्ताकपडा सहयोग गरेका हुन ।सामाजिक सेवामा क्रियाशील रहदैआएको कोइराला परिवारले आमाको नाममा मानव कल्याण समाजमा आश्रय लिदै आएकाहरुको लागि सहयोग गरेको हो । मानव सेवा नै सबैभन्दा ठुलो सेवा भएकोले समाजलाई सहयोग गरेको सुदर्शनले बताउनुभयो । उहाँले फजुल खर्च गर्नुको साटो मानव हितमा खर्च गर्दा राम्रो हुने ठानेर सहयोग गरेको पनि बताउनुभयो । सो अवसरमा कोइराला परिवारका सदस्य कादम्बरी कोइराला, दुर्गा कोइराला, गिता कोइरालालगायतको उपस्थित रहेको थियो ।सहयोग हस्तान्तरणपछि मानव कल्याण समाजका संरक्षक होमबहादुर खड्का
















