रौतहट –  फैसला कार्यान्वयन विशेष अभियानअन्तर्गत रौतहटमा विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ३७ जना प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाबाट सात वर्ष दुई महिना २७ दिन कैद सजाय र दुई लाख ७३ हजार ७७७ रुपियाँ जरिवाना असुल हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार पक्राउ परेकामाथि जालसाजी, कुटपिट तथा अङ्गभङ्ग, विद्युतीय कारोबार ऐन, नागरिकता कीर्ते, ज्यान मार्ने उद्योग, अभद्र व्यवहार, लेनदेन बिगो, बालशोषण, जबर्जस्ती करणी तथा जबर्जस्ती करणी उद्योग र चेक अनादरलगायतका मुद्दा छन् । प्रहरीको १० दिने विशेष अभियानअन्तर्गत पक्राउ परेका ३७ जनालाई कसुरअनुसार आवश्यक कारबाही, कैद तथा जरिवाना असुलीका लागि रौतहट जिल्ला अदालत गौरमा बुझाइएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

Leave a Reply