कृष्ण मोहन साह

सेढवा –  समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आज जिराभवानी गाउँपालिका वार्ड नम्बर २ सेढवामा निशुल्क आँखा परिक्षण शिबिर सम्पन्न भएको छ । सेढवा मा रहेको वडा कार्यालय परिसरमा सम्पन्न शिविरमा २४४ जनाले आँखा परिक्षण गराएको माटृका आइ फाउन्डेसनका चिकित्सक मनोरञ्जन यादवले जानकारी दिनुभयो । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र ईलाका प्रहरी कार्यालय सेढवा तथा माट्रिका आई फाउन्डेसनको सहयोगमा संचालित शिविरमा १२३ जना महिला र १२१ जना पुरुषले आँखा परिक्षण गराएका थिए ।

 

 

शिविरमा आँखा परिक्षण गराएका मध्ये ७८ जनामा मोतिया विन्दुको समस्या देखिएको डक्टर यादवले जनाउनुभयो। शिबिरमा मोतिया बिन्दु भेटिएको हरुलाइ आउदो पौष एक गते निशुल्क शल्य क्रिया गरिने डक्टर यादवले बताए । शिबिरमा माटृका आइ फाउन्डेसनका डक्टर मनोरञ्जन यादव र राजेश चौधरीले आँखा चेक जाच गर्नु भएको थियो ।

 

 

 

शिविरमा जिराभवानी २ का वडाध्यक्ष माहादेव प्रसाद महतो ईलाका प्रहरी कार्यालय सेढवा का प्रहरी नायब निरीक्षक महाबिर प्रसाद यादव ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली का प्रहरी निरीक्षक दिपक चोरवार लगाएत स्थानीय जनप्रतिनिधि र सरोकारवाला हरुको उपस्थित रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here