कृष्ण मोहन साह
सेढवा,हावाहुरीसँगै परेको असिना पानीका कारण पर्साका ग्रामीण भेगका किसानले लगाएका बालीमा क्षति पुगेको छ ।
सोमवार राति परेको पानीका कारण किसानहरुले लगाएको मुख्यबाली गहुँबालीमा क्षति पुगेको हो । पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर ३ नौकाटोला निवासी किसान ढोडा साह तुरहाका अनुसार रातीको बर्षाका कारण गहुका बोटहरु ढल्दा उत्पादनमा कमि आउने आंशका छ ।

गहुँका बालामा दाना लागेपनि गहु ढलेकाले उत्पादनमा २५ प्रतिशत कमि आउने किसान तुरहाले बताउनुभयो । यसपाली गहुँबाली राम्रो भए पनि केही दिनदेखि आएका हावाहुरी तथा बेमोसमी वर्षाका कारण बालीमा क्षति पुगेको किसान तुरहाले बताउनुभयो ।
वर्षाका कारण रविबालीमा पनि क्षति पुगेको छ । रविबाली अन्तर्गत मुसुरो, खेसारी, केराउ तथा आलस उखेलेर सुकाउनका लागि खेतमा राखेका बेला लागातारका बर्षाले कुहिन थालेका किसानहरुले बताएका छन् ।
गत बुधबार र बिहिवार परेको पानीले भिजेका बाली राती पुनः भिज्दा यी बालीका दानाहरु नै कुहिने अवस्थामा पुगेको किसानहरुले बताएका छन् । त्यस्तै पानीका कारण नगदे बालीमा पर्ने सुर्तीमा पनि क्षति पुगेको छ । कतिपय किसानहरुले टिपेका सुर्तीका पात सुकाएर भित्रियाएका छन भने भित्र्याउ बाकी रहेका पात भिजेर कातो बन्दै गएका जिराभवानी गाउँपालिका– २ सेढवाका किसान जगदिश चौधरीले बताउनुभयो ।

पात कालो भएर कमसल भएको र सोको मूल्य पनि कम हुने उहाँले बताउनुभयो । वर्षाले मकै, उखु र चैते धानबालीमा भने फाइदा पुगेको किसानहरुले बताएका छन ।

 

Leave a Reply