करैयामाई,बाराको करैयामाई गाउँपालिकामा विशेष गाउँ सभा सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष भुनेश्वर धामीको अध्यक्षतामा बिहिबार विशेष गाउँसभा सम्पन्न भएको हो । विशेष गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष चित्ररेखाकुमारी चौधरीले आर्थिक वर्ष २०७७÷७८ को गाउँपालिकाको नीति तथा कार्यक्रमको अधारमा आर्थिक वर्ष २०७७÷७८ को लागि कुल ४४ करोड ५५ लाख ४३ हजार ५ सय पचास रूपैयाँको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो । गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रप्रसाद यादव, वडा नम्बर १ का वडा अध्यक्ष सोनालाल साह, वडा नम्बर २ का वडा अध्यक्ष सुरेन्द्र चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष देवेन्द्रप्रसाद केशरी, वडा नम्बर ४ का वडा अध्यक्ष जनाबी खातुन, वडा नम्बर ५ का वडा अध्यक्ष उमेशप्रसाद चौधरी, वडा नम्बर ६ का वडा अध्यक्ष राजकुमार चौधरी, ७ का वडा अध्यक्ष बृज चौधरी र वडा नम्बर ८ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद साह, गाउँकार्यपालिका सदस्य, वडा सदस्य गाउँपालिकामा कार्यरत विभिन्न शाखाका कर्मचारीहरू तथा बुद्धिजीवीलगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here