मंगलबार निर्वाचन आयोग र प्रधानमन्त्री शेरबहादुर देउवाबीचमा स्थानीय तहको निर्वाचनका बिषयमा छलफल भएको छ । प्रधानमन्त्री र आयोगका पदाधिकारीहरुबीचको छलफलका आधारमा मंगलबार आएका समाचारहरुका अनुसार अब आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन हुनेछ । देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन हुनेछ । अब सरकारले चुनावको मिति घोषणा गर्ने छ ।

यसरी हेर्दा अब मुलुक लगभग चुनावको दिशामा गएको अनुमान लगाउन सकिन्छ । पहिला स्थानीय तहको चुनाव त्यसपछि प्रदेश अनि संसदीय निर्वाचन हुनेछ । स्थानीय तहको चुनावमा गएको २०७४ सालमा भएकाले पनि कानुन अनुसार जेठमा चुनाव हुनुपर्ने हो र सरकार पनि जुटेको छ ।

तर, चुनावका लागि दुईवटा कुरा अझै बाधक बन्न सक्ने आनुमान लगाउन सकिन्छ । एक कोरोना भाइरस र अर्को एमसिसी । कोरोनाको गति कुन दिशामा अगाडि बढ्छ फेरि महामारीका रुपमा आयो भने चुनाव रोकिन पनि सक्छ अर्को एमसिसीको नाउमा मुलुकमा फेरि द्धन्द हुने खतरा रहेकाले पनि त्यसतर्फ सचेत भए चुनाव समयमा नै हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here