निजगढ – नेकपा (एमाले) निजगढ नगर वडा नम्बर ५ को चौंथोँ वडा अधिवेशनले पुण्यप्रसाद बञ्जारा (राजन) को अध्यक्षतामा सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको छ । कमिटीको ​उपाध्यक्षमा कुम्भप्रसाद तिमल्सिना, सचिवमा मेघराज तिमल्सिना, उप–सचिवमा संतोष अर्याल र उप –सचिवमा दुर्गा चौलागाई चयन हुनुभएको छ ।

 

त्यसैगरी सदस्यहरूमा कमल वाइवा, शारदा चौलागाई, कविता थापा मगर, दधिराम गौतम, संगीता थापा मगर, खडकप्रसाद गौतम, विराज दहाल, र प्रशान्त बस्नेत रहेको निजगढ नगर कमिटीका सचिव थानेश्वर सापकोटा अविरलले जानकारी दिनुभयो । त्यसैगरी अधिवेशनले रामेश्वरप्रसाद अधिकारीको अध्यक्षतामा ४१ सदस्यीय सल्लाहकार कमिटी पनि सर्वसम्म्त रुपमा गठन गरिएको जनाइएको छ ।

Leave a Reply