हेटौंडा – जापानमा बस्दै आएका नेपालीहरुले पठाएको राहत बनकरिया र चेपाङ् समुदायलाई प्रदान गरिएको छ । लामो समयदेखि जापान बस्दै आएका निर्माण व्यवसायी रमेश तिवारीको सक्रियतामा जापानमा संकलन गरिएको राहत निर्माण व्यवसायी संघ मकवानपुरमार्फत् प्रदान गरिएको हो ।

 

 

लक डाउनको कारण समस्यामा परेका मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मा बसोबास गर्दै आएका लोपन्मुख जाती बनकरिया र समस्यामा परेका बिपन्न चेपाङ् परिवारलाई राहत प्रदान गरिएको हो । कोरोना भाईरसका कारण लामो समयदेखि सरकारले लक डाउनको घोषणा गरेको छ । लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरेर खाने बिपन्न परिवारलाई चामल, दाल, तेल, सोेयाबिन, लगायतका तरकारी र खाद्यान्न प्रदान गरिएको निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष श्याम ढकालले जानकारी दिए ।

 

 

 

 

जापान बस्नुहुने हेटौंडा – २ निवासी युवा समाजसेवी एवम् निर्माण व्यवसायी संघका पुर्व कार्यसमिति सदस्य रमेश तिवारीले प्रवासमा रहेर पनि लकडाउनको कारण नेपालमा समस्यामा परेका दुःखी, गरिबलाई सहयोग गर्ने कोसिस गरेको बताए । पहिलो चरणमा बनकरिया र चेपाङ् बस्तिका परिवारलाई खाद्यान्न प्रदान गरिएको बताउँदै तिवारीले थप राहत पनि बाँड्ने तयारी भएको जानकारी दिए । पहिलो चरणमा तिवारीको सक्रियतामा जापान बस्ने व्यवसायी नरेश केसी, राजेश पुडासैनी, राकेश पुडासैनी, साबित्रि तिवारी ढकाल, भरतराज कडेँल, जिम्बा भक्त र पुजा ढकालले नेपाली ४५ हजार रुपैंया गरी पठाएका हुन् ।

Leave a Reply