निजगढ –  बाराको निजगढ फुटबल क्लबका उदयीमान युवा खेलाडी सुजित लोप्चन अण्डर–१५ राष्ट्रिय फुटबल टोलीको अन्तिम छनोटमा पर्न सफल भएका छन् । निजगढ १० लालका लोप्चनले ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको देशव्यापी बन्द प्रशिक्षण र विशेष छनोट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै अन्तिम २० खेलाडीको सूचीमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

एन्फाले सार्वजनिक गरेको आधिकारिक प्रतिवेदन अनुसार सुजित लोप्चनलाई टोलीको रक्षापंक्ति सम्हाल्ने मुख्य जिम्मेवारी अर्थात् सेन्टर ब्याक भूमिकाका लागि छनोट गरेको हो । निजगढ फुटबल क्लबबाट खेल्दै आफ्नो उत्कृष्ट डिफेन्सिभ कौशल, बलियो शारीरिक क्षमता र खेल रणनीति प्रदर्शन गरेकै कारण उनले देशभरिका सयौँ प्रतिभावान खेलाडीहरूलाई पछि पार्दै छनोट सूचीको दोस्रो नम्बरमा नाम निकाल्न सफल भएका हुन् ।

लोप्चनले आगामी मा हुने अण्डर– १५ राष्ट्रिय फुटबल टोलीबाट खेल्ने छन । यो सफलतासँगै सुजितले अन्तर्राष्ट्रिय फुटबल मञ्चमा नेपाल र आफ्नो गृह नगर निजगढको नाम उच्च राख्ने सुनौलो अवसर प्राप्त गरेका छन् । उनको यस ऐतिहासिक उपलब्धिले निजगढ फुटबल क्लब, स्थानीय खेलप्रेमी र सम्पूर्ण बारा जिल्लाबासीमा ठुलो उत्साह र खुसीयाली छाएको छ ।

Leave a Reply