सिकिन्द्र साह
सिम्राैनगढ – बारा जिल्लाकाे पचरौता नगरपालिकाकाे कार्यलय बेनौलीमा निमित प्रमुख प्रसास्कीय अधिकृत प्रमोद प्रसाद यादवको अध्यक्षतामा बिश्व कुष्ठ राेग विरुद्ध भब्यताको साथ मनाइएको थिए । कुष्ठ राेग निर्मुलिकरण सम्बन्धमा स्वास्थ संयोजक नवलकिशाेर यादवले कार्यक्रममा बोल्दै कुष्ठ राेग लागेकाे ब्यक्तीलाई समाजमा अपहेलित गर्नु पर्दैन ।
कुष्ठ राेग मुक्त समाज बनाउनकाे लागि सम्पुर्ण जनप्रतिनिधि तथा स्थानिय भद्र भलादमिकाे सहयोग आवश्यक रहेको समेत बताएका थिए । साथै कुष्ठ राेग सत प्रतिशत निको हुने रोग हो , यसको उपचार प्रत्येक स्वास्थ्य चौकीबाट निशुुल्क औषधी उप्लब्ध हुन्छ भनै समेत जानकारी गराएका थिए ।
राष्ट्रिय हातिपाइले कार्यक्रम यहि माघ २५ गते देखी हुन गइरहेकोले नगर स्तरिय योजना तर्जुमा सम्पन्न भएको थिए । कार्यक्रममा नव औटा स्वस्थ चौकीका स्वास्थ प्रमुख तथा सुबा संगीताले घिमिरे, पिन्की यादव, सचिन्द्र यादव, राेजगार संघका नगर संयोजक अवध साह, सहायक लेखापाल दिपक चौधरीको सहभागितामा कार्यक्रम सम्पन्न भएको थिए ।