नरेश गुप्ता
दुबै मृगौला खराब भएर उपचारर बाराको महागढीमाई नपा १ निवासी वर्ष ३२ का शिक्षक श्रीनिवास साहको उपचारमा आर्थिक सहयोगको लागि आग्रह गरिएको छ ।
चिकित्सकहरुले साहको दुबै मृगौला बिग्रेर काम गर्न छाडेको र उपचारमा ठूलो खर्च आवश्यक पर्ने बताएपछि उहाँको उपचारमा सहयोगीहरुको खोजी भएको हो । साहको उपचारमा सहयोग गरिदिन भन्दै समाजिक संजालमार्फत आग्रह गरिएको छ ।
बिगत लामो समयदेखि द राईजिङ्ग स्टार कोचिङ्ग सेन्टर संचालन गर्दै आउनु भएका साहलाई सहयोग गर्न चाहने महानुभावले उहाँको नाममा सिद्वार्थ बैक कलैया शाखामा रहेको खाता नम्बर ००२१५१७४२३७ मा रकम जम्मा गरिदिन महागढीमाई फाउन्डेसन नेपालका सुनिल कुशवाहाले आग्रह गर्नुभएको छ ।
समान्य आर्थिक अवस्थाका साहको उपचार खर्च जुटाउन समाजिक संजालमा ‘शिक्षक श्रीनिवास बचाऔं’ अभियान नै संचालन गरिएको छ । अभियान सुरु भएपछि सहयोगी दाताहरुले साहको व्यक्तिगत खातामा रकम जम्मा गर्ने क्रम पनि बढेको महागढीमाई फाउण्डेशनका कुशवाहाले जानकारी दिनुभयो ।