आइतवार सिसीएमसीको सिफारिस अनुसार मंगलवारबाट शिक्षा मन्त्रालयले कम्तीमा माघ १५ गतेसम्मका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । अब यो निर्णय देशभरका बिद्यालयहरुमा लागू हुनेछ भनिएको छ । वास्तवमा विद्यालय संचालनमा आएको खासै लामो समय पनि भएको छैन । कुरै गर्ने हो भने अब यो शैक्षिक सत्रमा जेनतेन दुई महिनामात्रै विद्यालयमा राम्रोसंग पढाइ भएको छ र अब पनि बढीमा एक महिना होला ।
कोरोना बढ्ने बित्तिकै लकडाउन अनि विद्यालय बन्द पहिलो प्राथमिकतामा पर्ने गरेका छन् । यो स्थायी विकल्प एकदमै होइन । वास्तवमा विद्यालय बन्द गरिदा विद्यार्थीहरुको भविष्य चौपट भएको छ । दुई वर्ष र अहिले पनि अन्त्य नभएको कोरोनाका कारण अझै कति समय विद्यालय बन्द हुने हो यसै भन्न सकिने अवस्था पनि छैन ।
त्यसैले पनि विद्यालय बन्द, बजार बन्द कोरोनाको बिकल्प होइन । सबै काम सुचारु गर्दे स्वास्थ्यका मापदण्ड पालना गर्दै आफ्ना नियमित काम अगाडि बढाउनुको विकल्प छैन । कोरोना माहामारी नियन्त्रणका सवालमा लकडाउन वा विद्यालय बन्द सबै असफल भएकै कुरा हुन् । त्यसैले पनि सधै विद्यालय बन्द गर्ने भन्दा पनि दीर्धकालिन सोच बनाउन आवशयक छ । कोरोनाका कारण विद्यार्थीहरुको भविष्य भने अस्तव्यस्त नै भएको छ ।