बरियारपुर,सांस्कृतिक सम्पदा संरक्षण एवं सम्बद्र्धन युवा अभियान सम्बन्धि दुई दिने तालिम कार्यक्रम बाराको महागढीमाईमा संचालन भएको छ ।

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगको आयोजनामा महागढीमाई नगरपालिका वडा नम्बर २ मा प्रशिक्षण कार्यक्रम शुरु भएको हो । महागढीमाई नगर प्रमुख उपेन्द्रप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा युनेस्कोको कार्यकारी अधिकृत पदमराज जोशी र अनिल भण्डारीले सांस्कृतिक सम्पदा र भौतिक सम्पदाको संरक्षण र सम्बद्र्धनको लागि युवाहरुको भुमिका बिषयमा जानकारी गराइएको थियो ।

नगर प्रमुख यादवले विश्व प्रसिद्ध गढीमाई मन्दिरको भौतिक र अभौतिक सम्पदाको संरक्षण गर्न सबैको दायित्व रहेको बताउनुभयो । सांस्कृतिक सम्पदा र अभौतिक सम्पदाको संरक्षण र सम्बद्र्धन एक्कलै हुन सक्ने भएकोले यसको लागि संघीय, स्थानीय र प्रदेश सरकार र स्थानीयवासीको साझा जिम्मेवारी रहेको उहाँको धारणा रहेको थियो ।

युनेस्कोका कार्यकारी अधिकृत जोशीले युनेस्कोले शिक्षा, संचार, विज्ञान, सांस्कृतिक, समाज तथा मानव बिकास लगायत पाँच क्षेत्रमा काम गर्दै आएको बताउदै उहाँले समानन्तर मर्यादामा अधारित शान्त, सुरक्षित र समृद्ध बिश्वको निर्माण गर्ने लक्ष्य रहेको सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।

दुई दिनसम्म संचालन हुने कार्यक्रममा नगरभित्रका युवा युवतीलगायत महागढीमाई नगरपालिका शिक्षा, खेलकुद तथा युवा शाखा प्रमुख रामबिश्वास चौरसिया, निमित प्रमुख प्रशासकीय अधिकृत बिजय प्रसाद कुशवाहालगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here