कृष्ण मोहन साह
सेढवा,पर्साको ठोरी गाउँपालिकामा चार दिनपछि बलात्कारको घटना सार्वजनिक भएको छ ।
ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरका ४८ बर्षिय सुनिल परियारले आफ्नै छिमेकी १३ वर्षकी एक बालिकालाई बलात्कार गरेको प्रहरीले जनएको छ । परियारले बालिकालाई असार २८ गते दिउँसो तीन बजे घरमा कोहि नभएको मौका छोपी बलात्कार गरेका थिए ।
बलात्कारपछि किशोरीको स्वास्थ्यमा असर देखिएपछि परिवारले सोधपुछ गर्दा किशोरीले परियारको नाम लिएको र घटना सार्वजनिक भएको प्रहरी चौकी सुवर्णपुरका प्रहरी सहायक निरीक्षक इन्दिबर चौधरीले बताउनुभयो । बलात्कारको आरोप लागेका परियारलाई प्रहरीले तत्काल पक्राउ गरि आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा वीरगन्जमा पठाइएको प्रहरी चौकी सुवर्णपुरले जनाएको छ । किशोरीका बुवा सात वर्षदेखि बिदेशमा रहदै आएका छन भने आमा पनि नभएकी उनी भाइसंगै हजुरबुबाको घरमा बस्दै आएकी थिइन ।