पुष्पराज खतिवडा

मनहर्वा,जीतपुरसिमरा कुशमाढीमा आयोजित महायज्ञ १९ लाख ६० हजार ७८३ रुपैंया संकलन भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ कुसमाडीस्थित सत्यश्वर माहादेव मन्दिर परिसरमा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा उक्त रकम संकलन भएको हो ।विवाह मण्डप, पार्वती गणेश मन्दिर, बालाचतुर्थीमा बत्ती बाल्ने भवन, ट्रस, साधुसन्तका लागि भवन निर्माण गर्ने उद्देश्यले बैशाष २५ गतेबाट महायज्ञको आयोजना गरिएको थियो ।महायज्ञमा एक कृषक समुहसहित ४ जनाले बढी रकम दान गरेका थिए । सबैभन्दा बढी दान गर्नेमा स्थानीय बद्रीबहादुर अर्याल पर्नु भएको छ । उहाँले १ लाख ५७ हजार ५५५ रुपैंया दान गर्नुभएको थियो ।यसैगरी अर्का स्थानीयहरु उदयकुमार उपाध्यायले १ लाख ५६ हजार २५५ र देवीबहादुर भण्डारीले १ लाख ५१ हजार रुपैंया दान गर्नुभएको थियो । यसैगरी स्थानीय लक्ष्मी बचत तथा ऋण समुहले १ लाख ५ हजार, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष चतुरबाबु वाग्लेले ५५ हजार ५५५ र जानकी बचत समुहले २५ हजार रुपैँया महायज्ञमा दान प्राप्त भएको महायज्ञ मुल समारोह समितिका कोषाध्यक्ष पार्वती न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार महायज्ञमा धेरै स्थानीय र संघ संस्थाबाट दान रकम प्राप्त भएको छ भने ४ जना जेष्ठ नागरिकहरुले तुलादान समेत गर्नुभएको थियो ।यही जेठ १ गते सम्पन्न महायज्ञको बारा क्षेत्र नं.३ (क) प्रदेशसभा सदस्य रविनदास श्रेष्ठले गत गत सोमबार उद्धाटन गर्नुभएको थियो ।सप्ताहमा सिमराका हरिकृष्ण पौडेलले संगितमय कथा वाचन गर्नुभएको थियो भने सर्लाहीका श्रीराम खड्काको संयोजनमा महायज्ञ सम्पन्न भएको न्यौपानले जानकारी दिनुभयो ।

Leave a Reply