काठमाडौं । भारतबाट काठमाडौंमा लागुऔषध खैरो हेरोइन ल्याएर बिक्री वितरण गर्दै आएका एक भारतीय नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले लामो समयको निगरानीपछि भारतको मधुवनी निवासी ३५ वर्षीय मोहम्मद सन्तोष नदापलाई पक्राउ गरेको हो।
प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–६ स्थित एक होटलको कोठाबाट ८० ग्राम खैरो हेरोइन र एक थान डिजिटल तराजुसहित नियन्त्रणमा लिएको जनाएको छ।
ब्युरोका अनुसार नदापले यसअघि पनि पटक–पटक भारतबाट काठमाडौंमा खैरो हेरोइन ल्याएर बिक्री वितरण गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















