अनिल तिवारी
सिमरा, २९ कार्तिक । बाराको फेतपुरमा नेकपाले अभिमन्यू बहादुर क्षेत्रीको १३ औँ पुण्य तिथिमा श्रधान्जली सभाको आयोजना गरीएको छ । आजीवन कम्युनिष्ट जीवन यापन गरेको क्षेत्रीको १३ दिन पहिले मृत्यु भएको थियो । नेकपाका नेता कृष्ण खनालको सभा अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका प्रदेश नम्बर २ का अध्यक्ष एवम पुर्व मन्त्रि प्रभु साहको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा कम्युनिष्टको लागि क्षेत्रीले त्याग गरेको कुराको पार्टिले सम्मान गर्ने बताउनूभएको थियो ।

कार्यक्रममा नेकपा केन्दिय सदस्य एवम बाराका इन्चार्ज बलवीर चौधरी, बारा सह–इन्चार्ज ज्वाला कुमारी साह, नेकपा बारा अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ ( अनिल ), प्रदेस साभा सदस्य कुन्दन कुशवाहा, समिर अन्सारी, अमर साह, रबि दगाल, लाल किरण, गिता कडेल, देवनरायण चौधरी लगाएतको उपस्थिती रहेको थियो । प्रेम बरालको सहजीकरणमा सम्पन्न कार्यक्रममा उपस्थित सबैले क्षेत्रीलाई अबिर र फुलमालाबाट श्रधान्जली ब्यक्त गरेका थिए ।

Leave a Reply