नेपाल कृषि प्रधान मुलुक हो । यो कुरा सबैलाई जानकारी भएको पनि कुरा हो तर नेपालमा रहेका राजनीतिक वा उनीहरुकै इशारामा हुने कतिपय कारणले भने कृषकहरु मारमा पने गरेका छन् । कृषकको नाउमा आन्दोलन पनि हुन्छ तर कृषकहरुको समस्या स्थायी रुपमा यो मुलुकबाट समाधान हुदैन ।

पछिल्लो समय जनमत पार्टीको नाउमा कृषकहरुको आन्दोलन भएको छ । धनुषा सहितका जिल्लाहरुमा जनमत पार्टीको नाउमा आन्दोलन हुँदा हिंसा भड्किएको छ । आइतबार मात्रै प्रहरीले गोली प्रहार गरेको छ । कृषकहरुको लागि भएको आन्दोलनमा प्रहरीले किन गोली प्रहार गर्नुपरेको छ यो महत्वपूर्ण कुरा हो ।

यदि आन्दोलन कृषकहरुका लागि नै हो भने आन्दोलनको स्वरुप पनि परिवर्तन हुन आवश्यक छ । राजमार्ग बन्द गरिदा त्यसले आम नागरिकहरुलाई नै दुःख दिने हो । त्यसैले पनि कृषककका नाउमा हुने यस्ता आन्दोलनको नाउमा थप हिंसा नफैलियोस्, नफौलाइयोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here