काठमाडौं,जनता समाजवादी पार्टी (जसपा)ले सांसद प्रदीप यादवलाई कारबाही गरेको छ । उहाँलाई तत्कालका लागि केन्द्रीय सदस्यबाट हटाइएको छ ।

मन्त्री नबनाएको भन्दै यादव निकट नेता कार्यकर्ताले पार्टी अध्यक्षविरुद्ध नाराबाजी गर्नुका साथै पुत्ला जलाएका थिए । पार्टीको झण्डा जलाउन संलग्न भएको आरोप समेत छ । सांसद यादवले आरोप अस्वीकार गर्दै आउनु भएको छ ।

बुधबार सकिएको जसपा बैठकले यादवलाई तत्कालका लागि केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको छ । अब उहाँ पार्टीको साधारण सदस्य मात्र रहनुहुने छ । पार्टीका एक नेता भन्छन्, ‘यदि झण्डा जलाएको पुष्टि भयो भने केन्द्रीय सदस्यबाट हटाउने निर्णय कायमै रहन्छ, नभए जिम्मेवारीमा फर्कन्छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here