कलैया बजारमा दशैंको मुखैमा बजार अनुगमन गरेको कुरा आयो । मुलतः नेपालीहरूको महान चाड शुरू हुन केही दिनमात्र बांँकी छ । चाडबाडको चहलपहल शुरू भइसकेको छ । अहिले बजारमा सामान किन्नेहरूको भीड ह्वात्तै बढेको देखिन्छ । कोरोना संक्रमणले बितेको दुई वर्ष नेपालीले राम्रोसँग चाडहरू मनाउन पाएका छैनन् । यसपटक कोरोना संक्रमणको अवस्था पातलिँदो छ । यस वर्षको चाडबाड राम्रोसंँग मनाउने तयारीमा लागेका नेपालीहरू बढ्दो महँंगीको मारमा पर्न थालेका छन् । चाडबाड नजिकिन थालेसंँगै व्यापारीले सामानको मूल्य एक्कासी बढाउन थालेकाले उपभोक्ताहरू मारमा पर्न थालेका छन् ।
अनुगमन प्रणाली फितलो हुँदा व्यापारीले आफूखुशी सामानको मूल्य बढाउन थाल्दासमेत सरकारले अनुगमनलाई तीव्र बनाउन नसक्नुले सरकारको कार्यशैलीमाथि प्रश्न उठ्न थालेको छ । नाम मात्रको अनुगमनले आम उपभोक्ताहरू मारमा परेका छन् भने व्यापारीहरू मौका छोपेर जनतामाथि महंँगीको भार बोकाउन उद्यत रहेको देखिन्छन । कोरोनाले थिलथिलो पारेको अर्थतन्त्रबाट गुज्रिएका नेपालीहरू चाडबाड मनाउन लागिरहेको बेला व्यापारीले हरेक सामानमा मूल्यवृद्धि गरेर आम जनतालाई निराश पार्ने काम गर्दासमेत सरकार मूकदर्शक बन्नुले राज्यको चरित्र छर्लंङ्ग भएको छ ।
जनतामारा व्यापारीलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा राज्यले महंँगी नियन्त्रण गर्नेतर्फ नलाग्नुले पनि कतै व्यापारीसंँग राज्य मिलेको त होइन भन्ने प्रश्न उठेको छ । सरकार अस्थिर भएको मौका छोपेर व्यापारीले मूल्य वृद्धि गरेको भन्दै आम उपभोक्ताले सरकारको ध्यानाकर्षण गराएको भए पनि राज्य भने जनताको गुनासो नसुकेको जस्तो गरेर बसेको छ । जनताले गरेको गुनासोलाई राज्यले कार्यान्वयनमा ल्याउनु उसको दायित्व हो । तर राज्य किन मौन छ जनता आश्र्चयमा परेका छन् । राज्य भनेको जनताको अभिभावक पनि हो ।