विश्वको शक्तिशाली देश अमेरिकामा हालै राष्ट्रपति पदको चुनाव भयो र त्यसमा एक प्रकारले भन्ने हो भने अचम्म खालको परिणाम पनि आयो । हुन त नेपाल वा विश्वका लागि अचम्म भएपनि अमेरिकाका लागि स्वभाविक पनि हुनसक्छ । पुरातनवादी सोच भएका र निकै अराजक अनुदार भनिएका डोनाल्ड टम्प दोश्रो पटक अमेरिकाका राष्ट्रपति पदमा विजयी भएका छन् । अब उनले चार वर्षसम्म अमेरिकाको शासन त गर्नेछन् नै विश्वलाई पनि कता लैजाने भनेर नीति बनाउने छन् ।
विश्व चार वर्ष अब यही टम्प प्रशासनको वरपर हिड्ने छ चाहे रहर होस् या बाध्यता । शक्तिशाली राष्ट्र भएपछि उसको पछाडि हिड्नु् पर्ने विश्वको धेरै देशको बाध्यता छ । नेपाल जस्तो देशको त कुरै नगरौं । फकर यति हो कि अहिलेको नीति र टम्पले लिने नीतिले नेपालमा कस्तो परिवर्तन आउला भन्ने चैं चिन्ताको विषय हो । नेपालीहरु धेरै रहेको देश हो अमेरिका । उनीहरुको सवालमा केही निर्णय होला र उनीहरु अप्ठेरोमा पर्लान् कि भन्ने कुरा महत्वपूर्ण छ ।
युक्रेन, रुस र इजरेल लगायतका विश्वका केही देशहरुमा भनायक लडाइ अहिले पनि जारी छ । विश्वले नै यो लडाई रोकियोस् भन्ने चाहना राखेका छन् । टम्पले लडाई रोक्ने प्रतिबद्धता त जनाएका छन् । तर उनले कसरी रोक्छन् भन्ने कुरा चैं फेरि महत्वपूर्ण नै छ । लडाई रोक्नका लागि नै अमेरिकी जनताले टम्पलाई मन पराएको देखिन्छ । जे भएपनि नेपाललाई केही घाटा नै भएपनि विश्वमा शान्ति होस् टम्पका कार्यकालमा ।

















