कृष्ण मोहन साह

सेढवा,भारतीय सीमा सुरक्षा बल एसएसबीले अबैध लागुऔषधसहित दुईजना नेपाली युवतीलाई पक्राउ गरेको छ ।

पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर– १ को सिमावर्ती भारतीय बजार भङ्गाहाबाट ५० बोतल कोरेक्ससहित दुईजनालाई पक्राउ गरेको हो । भारतबाट अबैध लागुऔषध लिएर आउने क्रममा भङहा सिमामा रहेका भारतीय सीमा सुरक्षा बल एसएसबीको चेक पोस्टमा खटिएका सुरक्षाकर्मीको टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर– १ महादेवपट्टी बस्ने ३० बर्षीया सञ्जुदेवी र वर्ष १८ की करिना कुमारीलाई पक्राउ गरेको हो ।

पक्राउ गरिएको दुबै जनालाई कोरेक्ससहित आवश्यक कारबाहीको लागि बेतिया पठाइएको एसएसबीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here