कलैया,राष्ट्रिय युवा संघ नेपाल बाराको नवौं जिल्ला अधिवेशन मंगलवार सम्पन्न भएको छ । अधिवेशनले राम यादवको अध्यक्षतामा ५५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।समितिको उपाध्यक्षमा सदाम हुसेन अंसारी, सचिव दीपेन्द्र सुवेदी, उपसचिव रोशन यादव, दीपेश कुशवाहा र कोषाध्यक्षमा नमिता न्यौपाने चयन भएका छन् । अधिवेशनले यादवको नेतृत्वमा सर्वसम्मत् कार्यसमिति चयन गरेको हो ।यसअघि अधिवेशनको उद्घाटन राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज एवम् नेकपा एमालेका नेता महेश बस्नेत गर्नुभएको थियो । अधिवेशनको उद्घाटन गर्दै बस्नेतले राष्ट्रिय युवा संघ नेपाल यतिबेला महाधिवेशन र मिसन ग्रास?टमा केन्द्रीत रहेको बताउनुभयो ।संघको महाधिवेशन र पार्टीको मिसन ग्रासरुटले एमालेलाई संगठित र सुदृढ बनाउने भन्दै नेता बस्नेतले देश र जनतको हितका निम्ति पनि एमाले बलियो हुन आवश्यक रहेको बताउनुभयो । समाज र देशको पहरेदारको रुपमा रहेका युवाको बलमा एमालेले जनताको मन जितिरहेको भन्दै बस्नेतले जनताको पक्षमा काम गर्न आग्रह गर्नुभयो ।अधिवेशनको उद्घाटन सत्रमा एमाले र विभिन्न जनसंगठनको केन्द्र, प्रदेश, जिल्ला, नगर र वडा तहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।



















