निजगढ,नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की बालबालिकालाई सही मार्गमा डो¥याउन खेलकुद र व्यवहारिक शिक्षा आवश्यक रहेको बताउनुभएको छ ।निजगढमा नेपाल कराँते महासंघको तेस्रो वार्षिक साधारण सभा कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै महानिरीक्षक कार्कीले आज यस्तो बताउनुभएको हो ।
‘६८ प्रतिशत युवाहरु अपराधजन्य गतिविधिमा संलग्न भएकोले पाइएको छ, उहाँले भन्नुभयो, उनीहरुलाई खेलकुदले मात्रै अनुसाशनमा राख्न सक्छ ।’उहाँले झैझगडा लागुपदार्थ दुव्र्यसन, गुण्डागर्दी जस्ता अनुशासनहिन कार्य नियन्त्रण गर्न प्रहरीले अप्रेशन चलाउनु परेको पनि बताउनुभएको छ ।निजगढ ८ स्थित तारा ईन होटेलमा राष्ट्रिय खेलखुद परिषदका पूर्व सदस्य सचिव युबराज लामाको अध्यक्षतमा भएको सो कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्र.ना.म.नि. गोविन्द थपलिया, नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज पर्साका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइराला, जिल्ला प्रहरी कार्यालय बाराका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, नेपाल कराँते महासंघका अध्यक्ष दावा गुरुङ, सातै वटा प्रदेशका कराँते महासंघका प्रमुखलगाय सुरक्षा निकायका प्रमुखहरुको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply