निजगढ,निजगढ नगरपालिका वडा नम्बर ६ स्थित गौरीशंकर माध्यमिक विद्यालयलाई बारा क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य त्रिलोकी चौधरीले आफ्नो संसदीय विकास कोषको रकमबाट २० लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

विद्यालयको ४८ औं जन्मजयन्ति तथा अभिभावक दिवसको अवसरमा सोमबार आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै सभासद चौधरीले विद्यालयको चौतर्फी विकासको लागि आफू सक्दो सहयोग गर्न सदैब तत्पर रहेको पनि बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनाल, उपमेयर लिलादेबी लामिछाने, वडा नम्बर ६ का वडा अध्यक्ष कुशबहादुर थापालगायतले विद्यालयको प्रगतिकोलागि शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष सन्तबहादुर राउत, व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु टिकाप्रसाद तिमल्सिना, स्वर्गीय चोलाप्रसाद तिमल्सिना, तिर्थप्रसाद गौतम, गोविन्द सापकोटा र स्वर्गीय जनक शर्मालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सापकोटाले विद्यालयको शैक्षिक अवस्था बारेको र लेखापाल सन्तोष बन्जाराले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो । प्रधानाध्यापक यादवकुमार तिमल्सिनाले स्वागत मन्तव्य दिनुभएको कार्यक्रमको संचालन विद्यालयका शिक्षक श्रीहरी न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका छात्रछात्राहरुले गीत, नृत्य तथा प्रहसनसमेत प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here