प्रदेश २ को मुख्यमन्त्रीमा पर्साका लालबावु राउत छन् । उनी लगभग आफ्नो पूरै कार्यकाल अब मुख्यमन्त्रीमा बस्ने स्पष्ट आधार देखिएको छ । बुधबार उनलाई दुई तिहाइ मत प्राप्त भए पछि त झनै यो कुरा स्पष्ट भएको छ । उनीसंगका हिजो साथमा रहेका उनका सहकर्मीहरु फेरबदल भए प्नि उनी फेएिनन् र उनको कुर्सी स्थायी पनि भएको छ ।
तर, मुख्यमंत्रीको कार्यकाल भने विवाद रहित बन्न सकेन । मुख्यमन्त्रीले आम जनताका लागि खासै काम गर्न नसकेको आरोप लाग्दै आएको छ । अझै उनले संचालन गरेको भनिएका कतिपय कार्यक्रममाथि प्रश्न उठाइएको छ । उनले आफू मुख्यमन्त्री बनेपछि ल्याएका केही कार्यक्रमहरु आफैमा राम्रो भए पनि अनियमितताको आरोप लागेको छ । तर मुख्यमन्त्री राउतले आफुले कुनै अनियमितता नगरेको स्पष्टिकरण दिदै आउनुभएको छ ।
अख्तियारले छापामारी गरेपछि उनले भन्ने गरेको भनाइलाई नागरिकहरुले विश्वास गरेका छैनन् । मधेसी भएकै कारणले अख्तियारले छापामारी गरेको भन्ने उनको भनाइले अनियमितताको झनै गन्ध आउने उनकै पार्टी नजिक रहेकाहरुले बताउदै आएका छन् । हिजोसंगै रहेका उनका मन्त्री जितेन्द्र सोनलले उनलाई आरोप लगाउने दौडमा सबै भन्दा अगाडि छन अहिले । तर फेरि सोनल आफै पनि अछुतो भने छैनन । यो पनि सत्य हो । तर गठबन्धनको बलमा नेता हाबी जनता निहिर हुनु आफैमा बिडम्बना हो ।