
पुष्पराज खतिवडा
मन्हर्वा – बालविवाह, बहुविवाह, दाईजो प्रथा तथा लैङ्गिक हिंसा जस्ता सामाजिक कुरिती बिरुद्ध बारा प्रहरीले चेतना मुलक अभियान संचालन गरिरहेको छ । अभियानका क्रममा विभिन्न स्थानमा हजारौंका विच प्रहरीले सडक नाटक, साँगितीक सहितको सचेतना कार्यक्रम संचालन गर्दै आएको छ । सामाजिक कुरिती विरुद्धको प्रहरी अभियान स्रहानीय रहेको बाराका सामाजिक अगुवाहरुको बुझाई छ । तराईका जिल्लामा विकृतीका रुपमा रहेको दाईजो, बालविवाह, बहुविवाह र बोक्सी जस्ता सामाजिक कुरीति विरुद्धको लडाँईमा प्रहरीको अभियान फलदायी हुने महिला अधिकारकर्मी बविता जैसवालले बताईन् ।
बालविवाह, दाईजो, बहुविवाह ,लैङ्गिक हिंसा,मानव वेचविखन र यस्को कानुनी उपचारका बारेमा गाउँगाँउमा भैरहेका कार्यक्रमले चेतनासँगै प्रहरी रस्थानिय विच नजिकको सम्बन्ध बनाएको उनको बुझाई छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत संचालित कार्यक्रम प्रभावकारी भैरहेका छन् ।
कार्यक्रमको प्रभाव समाजमा परेको महसुस भैरहेको बाराका प्रहरी प्रमुख उपरिक्षक विकासराज खनालल बताए । कतिपयले पत्यक्ष भेटेर समेत परामर्श लिने, सहयोग माग्ने , कानुनी विषयका जानकारी माग्ने गरेको उनको भनाई छ । जिल्लाका ४८ प्रहरी यूनिटहरु मार्फत गरिने सचेतना कार्यक्रम बाहेक पनी नाटक, गीतसंगीत जस्ता फरक खालका कार्यक्रम निकै प्रभावकारी देखीएको खनालको भनाई थियो ।
यस अघि बाराका १५० बढी विभिन्न जाती समुदायका गुरु, पुरोहित,मोल्वी, पास्टरहरुलाई बालविवाहका विरुद्धको अभियानमा सहयोग गरिदिन भन्दै गरिएको कार्यक्रम निकै राम्रो भएको थियो । उक्त कार्यक्रमलाई हाल प्रदेश प्रहरी मुख्यालयले परिपत्र नै गरी सबै जिल्लामा संचालन गर्न लगाएको उपरिक्षक खनालले बताए ।
भाषणकला भन्दा नाटक, गित, नृत्य प्रतीको अर्काषण र प्रभाव उचो पाईएको छ । कहिदिन यता फेटा, सर्वण, र प्रसौनी गाउँपालिका विभिन्न स्थानमा गरिएका सचेतना मुलक अभियानमा ८ हजारबढी स्थानियको सहभागिता थियो । कलाकारहरुले कुरिती विरुद्ध गर्ने प्रदर्शन, गित र अभिनय हजारौं घण्टाको भाषण भन्दा प्रभावकारी हुने अनुमान गरेको बारा प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले बताए ।
समाजको चेतना स्तर अनुसार स्थानिय कलाकारहरुको सहयोगमा स्थानिय भाषामै तयार पारिएका नाटक गित संगित प्रतेक स्थानिय तहमा प्रस्तुत गरिनु पर्ने माग समेत भैरहेका पोखरेलले जानकारी दिए । कानुनले बर्जित गरेपनी सोको जानकारी नहूँदा सामाजमा बालविवाह, बहुविवाह र दाईजो प्रथा कायम रहनु दुःखको कुरा हो ।
यस्ता कुरिती विरुद्ध चेतनाको विकास गरिनू सारै राम्रो काम हो । सचेत र कार्वाहीमा सहयोग गर्ने प्रहरीको यो अभियान प्रभावकारी रहेको मानव अधिकार तथा शान्ती समाज बाराका पुर्व अध्यक्ष रघुनाथ लामिछानेले बताए ।