अहिले तराई मधेशमा शीत लहर शुरु भएको छ । शीत लहरका कारण जनजीवनहरु कष्टकर हुन थालेका छन् । नागरिकहरुको दैनिकीपनि कष्टकर बन्दै गइरहेको छ । यो समस्या नौलो भने होइन । पहिला देखि कै तराई मधेशमा शीत लहरहरु हुने गरेका छन् । यसैका कारण पनि नागरिकहरुले समस्या झेल्दै आइरहन परेको छ ।
समस्या भएपनि समधानका लागि चासो दिन आवश्यक देखिन्छ । अहिले त तीन तहका सरकारहरु कृयाशिल छन् । तीनै तहका सरकारहरु नागरिकहरुका लागि नै लक्षित छन् । उनीहरुले नै नागरिकहरुका लागि लक्षित गरी बिशेष कार्यक्रम संचालन गरिरहेका छन् तर त्यो आम नागरिकहरुको घरघरमा पुग्न आवश्यक छ ।
आम नागरिकहरुको दैलो दैलोमा नपुगेसम्म फेरि शीतलहरबाट नागरिकहरुको अकालमा ज्यान नजाला भन्न सकिन्न । हरेक बर्ष अब चिसो मौसक शुरु हुन्५ तब मधेशमा नागरिकहरुको ज्यान जाने गर्दछ अब यस्ता घटनाहरु नदोहोरियोस् । स्थानीय सरकारहरु यस बिषयमा बढी गम्भीर र जिम्मेवार बन्न आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here