वीरगन्ज,कुस्ती खेल मधेस र मधेसीको पहिचान भएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले बताउनुभएको छ ।

हरेक वर्ष जस्तै यस वर्ष पनि वीरगन्ज महानगरपालिकाको वडा नम्बर २८ बगही (ईनर्वा टोल) मा आयोजना गरिएको माहावीर मेला र कुस्ती प्रतियोगिताको बिहीबार उदघाटन गर्दै नगरप्रमुख बिजय कुमार सरावगी मधेसमा लोकप्रिय रहेको कुस्ती खेलले राष्ट्रियस्तरमा मधेसी र अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम कमाएको बताउनुभयो ।

उहाँले लोकप्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत स्थापित हुन सक्ने खेल राज्यको उपेक्षामा परेको भन्दै यसलाई स्थानीय तहको सरकारले सकेजति सम्वद्र्धन गर्न सहयोग गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का जिल्ला अध्यक्ष रामनरेश यादव, जयनारायण कुर्मी लागायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here