सिकिन्द्र साह
सिम्रौनगढ,देशमा संघीयता लागू भएपछि प्रतेक जिल्लाका पालिकाहरुमा बाणिज्य बैंक स्थापना गर्ने राष्ट्र बैंकको निर्णयसंगै बारा जिल्लाको देवताल गाउँपालिकामा पनि सिदार्थ बैंकले शाखा खोलेर सेवा संचालन गर्दै आएको छ । बैंकको सेवाबाट जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएको सेवाग्राहीहरु सबैभन्दा बढी लाभान्वित भएका छन ।
जेष्ठ नागरिकलाई घरबाट बैंकसम्म जान र फर्किन देवताल गाउँपालिकाले निशुल्क बस सेवासमेत संचालनमा ल्याएको छ । गाउँपालिका वडा नम्बर ५ का सकल देबी र रामाषेश साह तेलीले गाउँपालिकाले निशुल्क बस सेवा संचालन गरेपछि सेवाग्राहीलाई बैङ्गमा गएर भत्ता रकम बुझ्न सहज भएको बताए ।
देवतालमा सिद्धार्थ बैंकले आफ्नो छुट्टै पहिचान बोकेर सर्वसुलभ रुपमा काम गरिरहेको स्थानीयले बताएका छन । सिद्धार्थ बैंकले पालिकाका नागरिकलाई डिजिटल कारोबार गर्न तथा पिक्युआर कोडमार्फत बैंकबाट पैसा निकाल्ने व्यवस्था मिलाएको र यसरी पिक्युआर कोडको प्रयोग गर्नेको संख्या पनि बढदै गइरहेको बताइएको छ ।
बैंकले स्थानीयलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्ने गरेको र सोही कारण ग्रामीण भेगमा पनि यसको प्रयोग गर्नेको संख्या दिनप्रतिदिन बढदै गएको सिद्धार्थ बैंकका शाखा प्रमुख ओमप्रताप पडितले बताउनुभयो ।
त्यसैगरी समाजिक सुरक्षा भत्ता वितरण कार्यलाई अझ सहज बनाउनन तथा वितरण प्रकृयालाई प्रभावकारी तुल्याउन बैंकको केन्द्रीय कार्यालयसंग विशेष सहकार्य गरिरहेको समेत उहाँले बताउनुभयो ।