वीरगञ्ज महानगरपालिकाले मुख्य सडक चौडा गर्ने भन्दै अभियान शुरु गरेको छ । वीरगञ्जका मेयर राजेशमान सिंहको अगुवाइमा नै वीरगञ्जको सीमा क्षेत्रका केही स्थानहरुमा सोमवार डोजर पनि चलाइएको छ ।योवीरगञ्जका लागि नयाँ कुरा त होइन तर बेला बेलामा उठ्ने यो कुराले वीरगञ्जवासीलाई भने तर्साउने गरेको छ । एक त सडक विभागले समेत विस्तार गर्न नपाएको यो सडक महानगरपालिकाले कसरी विस्तार गर्छ भन्ने कुरा मुल हो ।

वीरगञ्जको मुख्य सडक चौडा हुनुनै पर्दछ यसको विकल्प पनि छैन । तर हचुवाको भरमा वा कसैलाई देखाउनका लागि वा तर्साउनका लागि गरिने यस्तो फण्डाको खासै अर्थ छैन ।यसमा हात हालेपछि कि त मेयरले अब पार लगाउन सक्नुपर्दछ । करिब दुई वर्ष काम गर्नका लागि अझै मेयरसंग समय छ । तर,यो अवधिमा पनि हात्तीको देखाउने दाँत जस्तो विगतकै अभ्यास गरियो भने त्यो फेरि मेयरका लागि नै अभिषाप पनि हुनेछ । यस्तो बिषयमा सचेत बन्न जरुरी छ । फेरि वीरगञ्जको विकासका बाधकहरुको पनि त पहिचान गरेर सार्वजनिक गर्ने हिक्मत हु्नु पर्दछ ।

तर मेयर सिंहमा यस्तो आँट खासैभएको जस्तो लाग्दैन । यहाँ काम गनै खोजेको मेयरलाई नकरात्मक कुरा गरेर हतोत्साहित पनि गर्न खोजिएको होइन तर फण्डा धेरै गर्नुभन्दा काम गर्न आवश्यक छ । अब असारको अन्त्यतिर बाटो चौडा गर्छु भनेर डोजर बोकेर हिँड्दैमा सफलता हासिल हुने कुरा भएन । यसका लागि त एउटा नीति हुनुपर्दछ । वीरगञ्जका नागरिक समाज सबैसंग सल्लाह गरेर अगाडि बढ्नु पर्दछ । यो यात्रामा मेयर एक्लै हिड्नुपर्देन साथ एकाध बाहेकको रहन्छ तर बिना गन्तव्यको यात्रु जस्तो यो कामले खोई सार्थकता पाउला र ?

 

Leave a Reply