जनकपुरधाम,सीके राउत नेतृत्वको जनमत पार्टी मधेश सरकारबाट बाहिरिएको छ ।
मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलवार राजीनामा दिएका हुन् ।मंगलवार जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको जनमत पार्टीका सचिव वीपी साहले जानकारी दिनुभयो ।मधेशमा जनता समाजवादी पार्टीका नेता सरोजकुमार यादव मुख्यमन्त्री हुुनुहुन्छ ।जनमत पार्टीका प्रवक्ता शरद सिंहले सरकार गठन भएको एक वर्षपछि सरकारको नेतृत्व जनमतलाई दिने सहमति जनता समाजवादी पार्टीले उल्लंघन गरेकाले सरकार छाडेको बताउनुभयो ।पछिल्लो समय जनमत पार्टी र मधेस प्रदेश सरकारको नेतृत्व गरेको जनता समाजवादी पार्टीबीचको सम्बन्थ थप चिसिएको छ ।जसपाका अध्यक्ष उपेन्द्र यादवले उद्धाटन गर्ने राजविराज १३ स्थित विषहरियामा मधेश प्रदेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रमको जनमत पार्टीका कार्यकर्ताहरुले बिरोध गरेपछि भएको झडपमा प्रहरीको लाठी प्रहारबाट जनमत पार्टीबाट मधेश प्रदेशका शिक्षा तथा संस्कृती मन्त्री रहनुभएका महेशप्रसाद यादवको टाउँको फुटेको थियो ।शिक्षा मन्त्रीसमेतलाई वेवास्ता गरि राखिएको विश्वविद्यालय शिलान्यास कार्यक्रमको जनमत पार्टीले बिरोध गर्दै आएको छ ।

















