नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा नेकपाका पनि अध्यक्ष थिए । त्यत्तिबेला उनले समाजवादको कुरा निकै जाडेतोडका साथ उठाएका थिए भने उनले समृद्ध नेपाल र सुखी नेपालीको नारा पनि तय गरेका थिए । तर यी दुबै नाराले मुर्त रुप लिन नपाउदै राजनीतिमा केके भयो भयो जुन अब इतिहास भएर पनि वर्तमान भइसेकको अवस्था छ ।

तर, अझै पनि एमालेका नेताहरुले समाजवादको नारा लगाउन भने छाडेका छैनन् । बारा र पर्सा जिल्लाबाट पनि एमालेको केन्द्रीय सदस्य पदमा पुराना र सिद्धान्तनिष्ट कम्युनिष्ट नेताहरु बिजयी भएका छन् । यही राजनीतिमा लागेर उनीहरुले धेरै कुरा गुमाएका पनि छन् । एमालेको केन्द्रीय सदस्य बनेका बारा र पर्साका नेताहरु सामान्य वा कुनै योगदान बिनाका छैनन् ।

तर अध्यक्ष केपीले लिने नीतिले कहिले काँही उनीको मनमा चोट परेपनि पार्टी छोडेका छैनन् । यो धेरैले बुझेको कुरा हो । नवनिर्वाचित केन्द्रीय सदस्यहरुको पनि पार्टीको नीति निर्माणमा महत्वपूर्ण भूमिका रहने नै छ । केन्द्रीय सदस्यमा निर्वाचित अन्य नेताहरुले पनि समाजवादको बाटो भुल्नु हुदैन । त्यसैले जितेका सबै नेताहरुले समाजवादको यात्रा नछाडुन चाहना यो हो ।

Leave a Reply