नरेश गुप्ता

बरियारपुर,कलैया उपमहानगरपालिकाकाले कलैया बजारको मुटुमा रहेको घन्टाघरको रङ्ग्ररोदन गरेको छ । लामो समयदेखि जीर्ण अवस्थामा रहेको घण्टाघरको रङ्गरोगनले घण्टाघरसंगै कलैया बजारको सौन्दर्यतामा समेत वृद्धि भएको देखिएको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर १ भरतचोकस्थित घण्टाघरको कलैया उपमहानगरपालिकाले ठेक्कामार्फत रङ्गरोगन गर्न लगाएको हो । रङ्गरोगन र मर्मतसम्हाको अभावमा कलैयाको पहिचानको रुपमा रहेको घण्टाघरको घडी समेत बिग्रिएर ठिक समय दिन सकेको थिएन ।

घण्टाघरको रङ्गरोगनसंगै बिग्रिएको घडीको पनि मर्मत गरिने भएको छ । कलैयाको मुख्य बजारमा रहेको सो घण्टाघरको मर्मत सम्हार गरेर सुचारु गर्न स्थानीय नागरिक समाजका अगुवा, सर्वसाधारण र संचारमाध्यमहरुमा समेत आवाज उठदै आएको थियो ।

कलैया उपमहानगरपालिकाको आर्थिक वर्ष ०७८÷०७९ को बजेटबाट घण्टाघरको रंङ्गरोगन तथा मर्मत कार्य सुरु गरिएको बताइएको छ ।

फोटो पनि छ ।

Leave a Reply