नरेश गुप्ता

बरियारपुर,बाराको दक्षिणी भेगको सिमावर्ति क्षेत्रमा पर्ने कबहिगोठमा भारतीय सामानको तस्करीसंगै अवैध मदिरा भट्टी (पसल) पनि संचालन हुदै आएको छ । ईलाका प्रहरी कार्यलय कबहिगोठका प्रहरी नायब निरीक्षक नन्दलाल साहको मिलिमतोमा सिमा क्षेत्रमा तस्करीको लाईन दिइएको स्थानीयहरुले बताएका छन ।

सुवर्ण गाउँपालिकाको सिमावर्ति क्षेत्र सन्तगंजमा आधा दर्जन घरेलु मदिरा भट्टी संचालनमा हुदै आएको भएपनि सिमामा तैनाथ सुरक्षाकर्मीले भट्टी नष्ट गर्न चासो देखाएका छैनन ।

जिल्ला प्रहरी कार्यलय बाराले जिल्लाका अन्य भागमा मदिरा भट्टी नष्ट पार्ने अभियान संचालन गर्दै आएको भएपनि कबहिगोठ नाकामा भने प्रहरीको आँखा पुगेको छैन । भारतको छौडादनो नाका भएर साईकल, मोटरसाइकल, लत्ताकपडा, खाधान्न सामग्री, कस्मेटिक सामानहरु दिनहुँ सवारी साधनमा राखेर नेपाल ल्याइने गरिएको छ ।

पंचगछिया, हनुमानगंज, कबहिगोठ, चरमोहना सिमा भएर तस्करी भैइरहेको श्रोतको दाबीे छ । रातिको समयमा तस्करहरुले रातको समय पारेर मालसामान नेपाल भित्र्याउने गरेका हुन । यसबाट दैनिक लाखौ रुपैयाको राजश्व छली भइरहेको बताइएको छ । सन्तगंज सिमा नाकामा भारतीय नागरिकहरुले मदिरा पसल समेत संचालन गर्दै आएको र मदिरा पसल संचालन गर्न दिए बापत ईलाका प्रहरी कार्यलय कबहिगोठका ईन्चार्ज साहले नजराना लिदै आएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here