बरिायारपुर,नेपाल परिवार दल बाराको देवताल गाउँपालिका वडा नम्बर २ स्थित कैलानपुरमा सम्पन्न भेलाले वडा कमिटी गठन गरेको छ । वडा भेलालाई सम्बोधन गर्दै सो पार्टीका जिल्ला अध्यक्ष ंरामचन्द्र चौधरीले जनताको हितमा काम गर्ने, देश बिकासको लागि सधै अगाडि बढेर काम गर्ने पार्टीको रुपमा परिवार दल रहेको बताउनुभयो ।
देशमा महङ्गी, भ्रष्टाचार, अनियमितता बढेकोले त्यसको मारमा जनता नै पिल्सिएको दुखेसो पोख्नु भएको थियो ।
नेपाल परिवार दल बाराका अध्यक्ष चौधरीको बिशेष उपस्थितिमा स्थानीय कैलासप्रसाद पालको अध्यक्षतामा वडा कमिटी गठन भएको हो । भेलाले वडा अध्यक्षमा विवेक सिंह, उपाध्यक्षमा धर्मदेव यादव, सचिवमा याकूप अंसारी, सहसचिवमा मुन्निलाल यादव, कोषाध्यक्षमा सोनालाल कुश्वाहा र सदस्यहरुमा अमिन मियाँ, नरेश कुश्वाहा, .छठुप्रसाद कुश्वाहा, मनोज कुश्वाहा, कैलाश पाल रामप्रवेश कुश्वाहा र अमित यदव चयन भएका छन ।